सिटिजन्स बैंकको मोबाइल बैंकिङ् एपमा थप नँया सुविधा
काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले आफ्नो मोबाइल बैंकिङ् एपमा नँया सुविधाहरु थप गरेको छ । बैंकले आफ्ना विशेष ग्राहकहरुलाई लक्षित गरी मोबाइल मार्फत प्रिभिलेज बैंकिङ् सेवा सुरु गरेको छ ।
बैंकले विभिन्न प्रिभिलेज काउन्टरहरुमार्फत प्रिभिलेज बैंकिङ् सेवा प्रदानगर्दै आइरहेकोमा अब मोबाइल बैंकिङ् एपमार्फत नै प्रिभिलेज सेवाहरु प्रदान गर्नेछ । यस सेवा अन्तर्गत ग्राहकहरुले बैंकका तोकिएका सम्पर्क अधिकृतहरु मार्फत बिना झझठ बैंकिङ्ग सेवा प्राप्त गर्न सक्नुहुने छ ।
यसै गरि बैंकले, आफ्नो एपमार्फत नेपाल पेको क्युआर सञ्चालनमा ल्याएको छ । अव बैंकका ग्राहकहरुले फोन पे का अतिरिक्त नेपाल पेको क्युआर कोड समेत स्क्यान गरी भुक्तानी गर्न सक्नु हुने छ । यसका साथै बैंकको मोबाइल बैंकिङ् एप प्रयोग गरी ग्राहकहरुले चेक रोक्का राख्ने लगायतका थप सुविधा पनि प्राप्त गर्न सक्नेछन् ।
सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशैभरी फैलिएकाआफ्ना १८२ वटा शाखा, ३ वटा विस्तारित काउण्टर, १३९ वटा ए.टि.एम., ६ वटा कियोस्क सेवा र ९७ वटा शाखा रहित बैंकिङ्ग ईकाईहरुबाट करिव १५ लाख ६५हजार ग्राहकवर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदानगर्दै आएको छ ।













