आत्मनिर्भर लघुवित्तको सेयरमा सर्किट, यी १० कम्पनीको लगानीकर्ताले कमाए सर्वाधिक

काठमाडौं । साताको द्रोस्रो कारोबारको दिन सेयर बजारमा सुधार आएको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ८.१० अंकले बढेर १८९१.३१ को बिन्दुमा बजार बन्द भएको छ ।
आज पूँजी बजारमा नेप्सेमा सूचीकृत २७२ कम्पनीको ३४ लाख ९२ हजार ८३४ कित्ता सेयर किनबेच हुदाँ १ अर्व २७ करोड ६७ लाख ६३ हजार १२० रुपैयाँको कारोबार भएको छ ।
सोमबार एक कम्पनीको सेयरमा सकारात्मक सर्किट लागेको छ । आत्मनिर्भर लघुवित्त वित्तीय संस्थाको सेयरमा सर्किट लागेको हो । कम्पनीको सेयर १० प्रतिशत अथवा प्रतिकित्ता ११२ रुपैयाँ ९० पैसा १ हजार २४२ रुपैयाँ २० पैसा कायम रहेको छ ।
साथै, युनिलिभर नेपाल लिमिटेडको ६.६१ प्रतिशत, गुडविल फाइनान्स लिमिटेडको ६.२३ प्रतिशत, सामसदायिक लभुवित्तको ५.३६ प्रतिशत, माया खोला हाइड्रोपावरको ४.४४ प्रतिशतले सेयर मूल्य बढेको छ ।
