को हुन् आज सर्वाधिक गुमाउने कम्पनी ? « Arthapath.com
२३ जेष्ठ २०८३, शनिबार

को हुन् आज सर्वाधिक गुमाउने कम्पनी ?



काठमाडौं । साताको द्रोस्रो कारोबारको दिन सेयर बजारमा सुधार आएको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ८.१० अंकले बढेर १८९१.३१ को बिन्दुमा बजार बन्द भएको छ ।

आज पूँजी बजारमा नेप्सेमा सूचीकृत २७२ कम्पनीको ३४ लाख ९२ हजार ८३४ कित्ता सेयर किनबेच हुदाँ १ अर्व २७ करोड ६७ लाख ६३ हजार १२० रुपैयाँको कारोबार भएको छ ।

सोमबार ग्रीनलाइफ हाइड्रोपावरको लागानीकर्ताले सर्वाधिक गुमाएका छन् । कम्पनीको सेयर ७.३७ प्रतिशतले घटेको छ ।

साथै, नयाँ सारर्थी लघुवित्तको ३.६७ प्रतिशत, सर्पोट माइक्रोफाइनान्सको २.७० प्रतिशत, तेह्रथुम हाइड्रोपावरको २.५३ प्रतिशतले सेयर मूल्य घटेको छ ।


प्रतिक्रिया दिनुहोस्