कारोबार खुल्ला भएको एक घण्टामा एक कम्पनीको सेयरमा सर्किट « Arthapath.com
१० असार २०८२, मंगलबार

कारोबार खुल्ला भएको एक घण्टामा एक कम्पनीको सेयरमा सर्किट



काठमाडौं । आत्मनिर्भर लघुवित्त वित्तीय संस्थाको सेयर मूल्यमा सकरात्मक सर्किट लागेको छ ।

मंगलबार कारोबार खुलेको एक घण्टामै कम्पनीको सेयर मूल्य १० प्रतिशतले वृद्धि भएको हो । यो समाचार तयार पार्ने बेलासम्म कम्पनीको सेयर मूल्य प्रतिकित्ता १२४ रुपैयाँ २० पैसा बढेर १ हजार ३६६ रुपैयाँ ४० पैसा पुगेको छ ।

यतिबेला सेयर बजारमा पनि दोहोरो अंकले वृद्धि भएको छ । बजार २९.१२ अंकले वृद्धि भएको छ भने बजार परिसुचक पनि १९२०.४४ अंकको बिन्दुमा पुगेको छ ।


प्रतिक्रिया दिनुहोस्