मंगलबार यी १० कम्पनीमा झुम्मिए लगानीकर्ता, कुनको कति भयो कारोबार ?

काठमाडौं । सेयर बजारमा हरियाली छाएको छ । ब्याजदर घट्ने बैंकर्स संघको अभिब्यक्तिले लागनीकर्तामा खुसियाली छाएको हो ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ५१.३१ अकंले बढेर १९४२.६३ बिन्दुमा बन्द भएको छ ।
आज पूँजी बजारमा नेप्सेमा सूचीकृत २७१ कम्पनीको ६० लाख ६७ हजार ४३२ कित्ता सेयर किनबेच हुदाँ २ अर्ब २० करोड २३ हजार ९४५ रुपैयाँको कारोबार भएको छ ।
आज शिवम सिमेन्टको १० करोड ५ लाख रुपैयाँ, नेपाल टेलिकमको ८ करोड ९९ लाख रुपैयाँ र एनआइसी एशिया बैकको ७ करोड २३ लाख रुपैयाँको कारोबार भएको छ ।
साथै, हिमालय एभरेष्ट इन्स्योरेन्सको ७ करोड १९ लाख र हिमालयन डिष्टिलरीको ६ करोड ७९ लाख रुपैयाँको कारोबार भएको छ ।
