यी हुन सेयर बजारमा उछाल आउँदा पनि गुमाउने कम्पनीहरु

काठमाडौं । साताको तेस्रो कारोबारको दिन सेयर बजार हरियाली भएको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ५१.३१ अंकले बढेर १९४२.६३ को बिन्दुमा बजार बन्द भएको छ ।
आज पूँजी बजारमा नेप्सेमा सूचीकृत २७१ कम्पनीको ६० लाख ६७ हजार ४३२ कित्ता सेयर किनबेच हुदाँ २ अर्ब २० करोड २३ हजार ९४५ रुपैयाँको कारोबार भएको छ ।
मंगलबार सनराइज फस्ट म्युचुअल फण्ड सहित १४ कम्पनीका लगानकर्ताहरुले गुमाएका छन् । साथै, ग्लोबल आइएमई बैंक डिभेञ्चरको १.९८ प्रतिशत, लक्ष्मी उन्नति कोशीको १.६५ प्रतिशत, लक्ष्मी बैंक डिभेञ्चर २०८८ को १.६५ प्रतिशतले सेयर मूल्य घटेको छ ।
