टेलिकमले भ्याकेन्सि खोलिएको भन्दैं सामाजिक सञ्जालमार्फत गलत सूचना प्रवाह भएको प्रति आपत्ति « Arthapath.com
२२ जेष्ठ २०८३, शुक्रबार

टेलिकमले भ्याकेन्सि खोलिएको भन्दैं सामाजिक सञ्जालमार्फत गलत सूचना प्रवाह भएको प्रति आपत्ति



काठमाडौं । विभिन्न शाखाहरुमा काम गर्न भ्याकेसि खोलिएको भन्दैं सामाजिक सञ्जालमार्फत गलत सूचना प्रवाह गरेको भन्दैं नेपाल टेलिकमले ध्यानाकर्षण भएको जनाएको छ ।

कम्पनीले एक सूचना प्रकाशित गर्दै कम्पनीका पदाधिकारीहरुको नाम समेत जोडी विभिन्न फेसबुक ग्रुप र म्यासेन्जर तथा ह्वाट्सएप लगायतका सामाजिक सञ्जालमार्फत गलत सूचना प्रवाह भएको सम्बन्धमा कम्पनीको गम्भीर ध्यानाकर्षण भएको जनाएको हो ।

कम्पनीले, “कर्मचारी आवश्यकता सम्बन्धी सूचना कम्पनीले राष्ट्रिय दैनिक गोरखापत्र तथा कम्पनीको वेबसाइटमा मात्र आधिकारिक रुपमा सार्वजनिक गर्ने गरेकोले यस प्रकारका गलत सूचनाको भ्रममा नपरी आधिकारिक माध्यमबाट सम्प्रेषित सूचनालाई मात्र ग्रहण गरिदिनु हुन हार्दिक अनुरोध गरिन्छ ।”


प्रतिक्रिया दिनुहोस्