नेशनल माइक्रोफाइनान्स र समिट लघुवित्तबीचको मर्जरका लागि सेयर स्वाप रेसियो निर्धारण

काठमाडौं । नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था र समिट लघुवित्त वित्तीय संस्थाबीचको मर्जरका लागि सेयर स्वाप रेसियो निर्धारण गरिएको छ ।
नेशनल माइक्रोफाइनान्स लघुवित्त र समिट लघुवित्तबीच १ः०.७३ शेयर स्वाप रेसियोमा मर्जर हुने निर्णय संयुक्त मर्जर समितिले निर्णय गरेको छ ।
नेशनल माइक्रोफाइनान्सको १०० कित्ता सेयर बराबर समिट लघुवित्तको ७३ कित्ता सेयर कायम हुनेछ ।