माहुली लघुवित्तको शिलबन्दी बोलपत्रद्धारा सेयर बिक्रीमा

काठमाडौं । एनआईसी एशिया बैंकको स्वामित्वमा रहेको माहुली लघुवित्तले संस्थापक सेयर र सर्वसाधारणको लागि बिक्री खुल्ला भएको छ । कम्पनीको नाममा रहेको १ लाख ८ हजार कित्ता सेयर बिक्री गर्ने लागेको हो ।
उक्त सेयर खरिदका लागि संस्थाका विद्यमान संस्थापक सेयरधनीलाई गोप्य शिलाबन्दी खुल्ला गरेको हो । सो सेयरको बिक्री मूल्य २६४ रुपैयाँ रहेको छ । सेयर खरिदको लागि आजको मितिबाट ७ दिनभित्र आवेदन दिन सक्नेछन् ।
तोकिएको मूल्य वा सोभन्दा बढी मूल्य अंकित गरी महुली लघुवित्तको शेयर खरीदका लागि न्यूनतम ५०० कित्ता र अधिकतम सम्पूर्ण कित्तासम्म माग गर्न सकिनेछ ।
आवेदन एनआईसी एशिया क्यापिटल लिमिटेड, ट्रेड टावर नेपाल,थापाथली काठमाडौं र सूचनामा उल्लेख भएको विभिन्न शाखा कार्यालयमा आइपुग्ने गरि पेश गनुपर्नेछ ।