मानुषी लघुवित्तले जेठ ३२ गते बोलायो साधारण सभा, यस्ता छन् एजेण्डा

काठमाडौं । मानुषी लघुवित्त वित्तीय संस्था लिमिटेडले वार्षिक साधारण सभा जेठ ३२ गतेका लागि बोलाएको छ । सभा दिव्यश्वरी पार्टी प्यालेस, एन्ड क्याटरिङ, लोकन्थली भक्तपुरमा बिहान १०ः३० बजे बस्ने गरी आव्हान गरेको हो ।
सभाले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन, नाफा नोक्सान ,नगद प्रवाह विवरण लगायतमा छलफल गरी पारित गर्नुृका साथै आर्थिक वर्ष २०७९।८० का लागि लेखापरीक्षक नियुक्ति गरी निजको पारिश्रमिक निर्धारण गर्ने एजेन्डा रहेको छ ।
त्यसका साथै, अन्य कुनै लघुवित्तसँग गाभ्ने, गाभिने, तथा प्राप्ति गर्ने सम्बन्धी विषयमा निर्णय गर्न सञ्चालक समितिलाई सम्पूर्ण अधिकार प्रदान गर्ने विशेष प्रस्ताव पेश हुनेछ ।
साधारण सभा प्रयोजनका लागि कम्पनीले जेठ १८ गते बुक क्लोज गर्ने भएको हुदाँ जेठ १७ गते सम्म कायम सेयरधनीहरुले मात्र सभामा भाग लिन पाउनेछन् ।