१० श्रावण २०८३, आइतबार

एलआइसीका अध्यक्षले तीन वर्षपछि अवलोकन गरे नेपालको केन्द्रीय कार्यालय, दावी भुक्तानी सहज बनाउनेमा जोड



काठमाडौं । लाइफ इन्स्योरेन्स कम्पनीका अध्यक्ष सिद्धान्त महान्ती र म्यानेजिङ डिरेक्टर तबलेश पान्डेयले एलआईसी नेपालको केन्द्रीय कार्यालय भ्रमण गरेका छन् ।

नेपालसहित १४ वटा देशमा फेलिएको एलआईसीका अध्यक्ष महान्तीले करिव तीन वर्षपछि नेपालको केन्द्रीय कार्यालय भ्रमण गरेका हुन् । भ्रमणका क्रममा अध्यक्ष महान्तीले कर्मचारीहरुको मनोबल बढाई नेपालमा एलआईसीलाई नयाँ उचाईमा पुर्याउने प्रतिवद्धता जाहेर गरे । कर्मचारी क्षमता अभिवृद्धि र मनोबल बढाएमात्रै कम्पनी सफल हुने उनको भनाई थियो ।

उनले दावी भुक्तानीको विसंगतीलाई निर्मुल गर्नुपर्नेमा जोड दिए । उनले भने,– ‘हामीले ग्राहको विश्वास जित्नका लागि दावी भुक्तानीलाई सरल र सहज बनाउन आवश्यक छ । दावी भुक्तानीमा सिघ्रता ल्याई बीमितहरुको भरोसा वृद्धि गनुर्पछ । दावी भुक्तानीमा हुने विसंगतीलाई निर्मुल गर्दै जानुपर्छ ।’


प्रतिक्रिया दिनुहोस्