सूर्यज्योति लाइफ इन्स्योरेन्सको सञ्चालकमा ६ जना नियुक्त
काठमाडौं । सूर्यज्योति लाइफ इन्स्योरेन्समा छ जना संञ्चालक नियुक्त भएका छन् । कम्पनीले जेठ ४ गते सम्पन्न १५औं वार्षिक साधारण सभाबाट संञ्चालक नियुक्त गरेको हो ।
कम्पनीले संस्थापक समुह क बाट ३ जना र समुह ख बाट ३ जना संञ्चालकहरुमा केशव प्रसाद भट्टराई, नन्द किशोर शर्मा, विवेक झा, हेमन्त नाहाटा, आकाश गोल्छा र प्रिया तायल निविरोध निवार्चन भएका हुन् ।














