१० श्रावण २०८३, आइतबार

एक वर्षे अवधिको मुद्दति निक्षेपमा लगानी गर्दै पुनर्बीमा कम्पनी, ब्याजदर प्रस्ताव आव्हान



काठमाडौं । नेपाल पुनर्बीमा कम्पनीले मुद्दति निक्षेपमा लगानी गर्ने भएको छ। कम्पनीले आफूसंग भएको लगानीयोग्य रकम बैंक तथा वित्तीय संस्थाको मुद्दति निक्षेप लगानी गर्न लागेको हो ।

कम्पनीले ‘क’ र ‘ख’ वर्गका बैंक तथा वित्तीय संस्थाहरुमा एक वर्ष वा सो भन्दा बढी अवधिको मुद्दति निक्षेपमा लगानी गर्ने जनाएको छ । निक्षेपमा लिन इच्छुक बैंक तथा वित्तीय संस्थाले रकम र ब्याजदर उल्लेख गरि कम्पनीले तोकेको कोटेशन सम्वन्धी फारम भरि गोप्य शिलबन्दी प्रस्ताव पेश गर्न सक्नेछन् ।

प्रस्तावको मान्य अवधि एक महिनाको हुनुपर्ने कम्पनीले जनाएको छ । केन्द्रीय कार्यालय बाहेकका अन्य कार्यालयबट प्राप्त भएको प्रस्ताव मान्य नहुने बताइएको छ ।


प्रतिक्रिया दिनुहोस्