लगानीकर्ता महासंघ गठन गर्न समन्वय तथा वार्ता समिति गठन « Arthapath.com
४ जेष्ठ २०८२, आईतबार

लगानीकर्ता महासंघ गठन गर्न समन्वय तथा वार्ता समिति गठन



काठमाडौं । लगानीकर्ता महासंघ गठन गर्न समन्वय तथा वार्ता समिति गठन भएको छ । लगानीकर्ताहरुको काठमाडौ कमल पोखरीमा भएको भेलाले लगानीकर्ता महासंघ निर्माण गर्न निर्णय गरेको हो ।

लगानीकर्ता महासंघ निर्माण गर्नका लागि हाल दर्ता रहे, नरहेका संघहरुका अध्यक्ष तथा पदाधिकारीहरुसँग छलफल र वार्ता गर्न समिति गठन गरेको छ ।

लगानीकर्ता रोहन कार्कीको संयोजकत्वमा गठित समितिका सदस्यहरुमा सुुवासचन्द्र भट्टराई, केशव कोइराला, नयन बास्तोला, नानीबाबु खरेल र एसपी चौलगाँइ रहेका छन् ।

तत्काल वार्ता आरम्भ गरी महासंघ निर्माणका लागि सबै संघका अध्यक्षहरुलाई सहमति गराएपछि अर्को भेलाबाट महासंघको नाम र कार्य समिति घोषणा गर्ने सहमति भएको हो ।


प्रतिक्रिया दिनुहोस्