राष्ट्र उत्थान लघुवित्तको साधारण सभा असार १६ गते, के-के छन् एजेण्डा ? « Arthapath.com
४ जेष्ठ २०८२, आईतबार

राष्ट्र उत्थान लघुवित्तको साधारण सभा असार १६ गते, के-के छन् एजेण्डा ?



काठमाण्डौ । राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्थाको चौथो बार्षिक साधारण सभा असार १६ गते बोलाएको छ ।
जेठ २६ गते बसेको सञ्चालक समितिको बैंठकले सभा होटल अरनिको धुलिखेल,काभे्रपालाञ्चोकमा बिहान १:०० बजे बस्ने आव्हान गरेको हो ।

सभामा आर्थिक वर्ष २०७८ ०७९ को वार्षिक प्रतिबेदन छलफल गरि पारित गर्नेछ । सभाले राष्ट्र उत्थान र आशा लघुवित्तबीचको मर्जर प्रक्रिया स्वीकृत गर्नेछ । मर्जर प्रयोजनका लागि हालसम्म भएको सहमति र सम्झौता पनि सभाले अनुमोदन गर्नेछ ।

सभाले मर्जर प्रयोजनका लागि तय भएको १:१ सेयर स्वाप रेसियो पनि पारित गर्नेछ । मर्जरपछि ‘राष्ट्र आशा लघुवित्त वित्तीय संस्था लिमिटेड’ को नामबाट एकीकृत कारोबार गर्ने र केन्द्रीय कार्यालय काभ्रेको बनेपा १३ साँगामा रहने विशेष प्रस्ताव पारित गर्नेछ ।

संस्थाको चुक्तापुँजी १७ करोड ५० लाख रुपैयाँबाट वृद्धि गरी २६ करोड रुपैयाँ र प्रबन्धपत्र र नियमावलीमा संशोधन गर्ने प्रस्ताव पनि सभाले अनुमोदन गर्नेछ ।

सभामा लेखापरीक्षको प्रतिवेदन सहित आव २०७८/ ०७९ को वासलात, नाफा नोक्सान हिसाब तथा नगद प्रवाह लगायतका वित्तीय विवरणहरु माथि छलफल गरी प्रस्ताव पारित गर्नेछ ।

साथै, साधारण सभा प्रयोजनको लागि कम्पनीले असार ५ गते बुक क्लोज गर्ने भएको छ । असार ४ गतेसम्म कायम सेयरधनीहरुमात्रै संस्थाको वार्षिक साधारण सभामा सहभागि हुन पाउनेछन् ।


प्रतिक्रिया दिनुहोस्