दुई लघुवित्तको सेवा जेठ ३२ गते बन्द हुने, यस्तो छ कारण

काठमाडौं । डिप्रोक्स लघुवित्त र आदर्श लघुवित्त वित्तीय संस्थाले आगामी असार १ गतेदेखि एकीकृत कारोबार गर्ने भएका छन् । जसका लागि दुबैं कम्पनीको सेवा जेठ ३२ गते एक दिनका लागि बन्द हुने भएको हो ।
डिप्रोक्सले आदर्श लघुवित्तलाई प्राप्ति गरि डिप्रोक्स लघुवित्त वित्तीय संस्थाको नामबाट एकीकृत कारोबार गर्ने भएका हुन् । डिप्रोक्स लघुवित्तले आदर्श लघुवित्तलाई १ः१ सेयर स्वाप रेसियोमा प्राप्ति गर्न लागेको हो ।
यी दुवै कम्पनीलाई एकीकृत कारोबार गर्न राष्ट्र बैंक, रजिष्ट्रार कार्यालयले पनि अन्तिम स्वीकृत दिईसकेको छ । कम्पनीको केन्द्रीय कार्यालयन भने चितवनको भरतपुरमा हुनेछ ।