तीन कम्पनीको सेयरमा सकरात्मक सर्किट « Arthapath.com
८ असार २०८२, आईतबार

तीन कम्पनीको सेयरमा सकरात्मक सर्किट



काठमाडौं । साताको तेस्रो कारोबारको दिन सेयर बजारमा उछाल आएको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ३४.१७ अकंले बढेर २०२०.६४ बिन्दुमा बन्द भएको छ ।

पूँजी बजारमा २७० कम्पनीको १ करोड ८ लाख १ हजार ६९३ कित्ता सेयर किनबेच हुदाँ ४ अर्ब १२ करोड ६६ लाख ९५ हजार ९४३ रुपैयाँको कारोबार भएको छ ।

मंगलबार तीन कम्पनीको सेयरमा सकरात्मक सर्किट लागेको छ । आज विन नेपाल लघुवित्त वित्तीय संस्था, भुगोल इर्नर्जी डेभलपमेन्ट कम्पनी, सिटि होटलको सेयरमा सकरात्मक सर्किट लागेको हो ।

साथै, हिमालयन डिष्टिलरी लिमिटेडको ८.८० प्रतिशत, शिवम सिमेन्टको ८.२३ प्रतिशत, बारही हाइड्रोपावरको ८.१६ प्रतिशत, शुभम पावर कम्पनीको ७.९१ प्रतिशत, कालिञ्चोक दर्शन लिमिटेडको ७.४७ प्रतिशतले सेयर मूल्य बढेको छ ।


प्रतिक्रिया दिनुहोस्