दुई कम्पनीको सेयरमा सर्किट, १५२ कम्पनीको सेयर मूल्यमा सुधार

काठमाडौं । साताको चौथो कारोबारको दिन सेयर बजारमा दोहोरो अकंको सुधार आएको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १६.४२ अकंले बढेर २०३७ बिन्दुमा बन्द भएको छ ।
आज पूँजी बजारमा नेप्सेमा सूचीकृत २७५ कम्पनीको १ करोड २५ लाख ६१ हजार ४४० कित्ता सेयर किनबेच हुदाँ ५ अर्ब १ करोड ७८ लाख ७ हजार ६८२ रुपैयाँको कारोबार भएको छ ।
बुधबार खप्तड लघुवित्त र सिटि होटलको सेयरमा सकरात्मक सर्किट लागेको छ ।
साथै, भुगोल इर्नर्जीको ७.५२ प्रतिशत, आर्दश लघुवित्तको ७.५२ प्रतिशत र लक्षी लघुवित्तको ६.६८ प्रतिशतले सेयर मूल्य बढेको छ ।

