२८ श्रावण २०८३, बिहिबार

नक्कली भुटानी शरणार्थी प्रकरणः १६ जना कारागार चलान, रायमाझीको सांसद पद निलम्बन



काठमाडौं । नेकपा (एमाले) का सांसद तथा पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझीको सांसद् पद निलम्बनमा परेको छ ।

नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका सांसद रायमाझीसहित १६ जनालाई काठमाडौं जिल्ला अदालतले पूर्पक्षका लागि कारागार पठाउन आदेश दिएसँगै उनको पद निलम्बनमा परेको हो।

शुक्रबार काठमाडौं जिल्ला अदालतका न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासले पूर्वउपप्रधानमन्त्री रायमाझी र पूर्वगृहमन्त्री बालकृष्ण खाणसहित १६ जनालाई पूर्पक्षका लागि कारागार पठाउन आदेश दिएको हो।