नेसनल माइक्रोफाइनान्सको विशेष साधारण सभा आज « Arthapath.com
४ जेष्ठ २०८२, आईतबार

नेसनल माइक्रोफाइनान्सको विशेष साधारण सभा आज



काठमाडौं । नेसनल माइक्रोफाइनान्स लघुुवित्त वित्तीय संस्था लिमिटेडले विशेष साधारण सभा आज (असार ३ गते) बस्दैछ। कम्पनीले सभा धादिङ क्रिक रिसोर्ट, धादिङबेसी धादिङमा बिहान ११ बजे बस्ने गरी आव्हान गरेको हो ।

कम्पनीले समिट लघुवित्तसँग मर्जर सम्बन्धी विशेष प्रस्तावहरु पारित गर्न मुख्य एजेण्डा रहेको छ । सम्पति तथा दायित्व मूल्यांकन प्रतिवेदनका आधारमा संयुक्त मर्जर समितिले सिफारिस गरे बमोजिम १००ः७३ सेयर स्वाप अनुपातमा मर्ज हुने विशेष प्रस्ताव पारित गर्नेछ ।

दुई लघुवित्त गाभिएपछि ‘नेसनल समिट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेड’ नामबाट एकीकृत कारोबार गर्ने प्रस्ताव पनि रहेको छ । सभा प्रयोजनका लागि जेठ २५ गतेदेखि बुक क्लोज हुने छ ।


प्रतिक्रिया दिनुहोस्