सोमबार छ कम्पनीको सेयरमा सकरात्मक सर्किट « Arthapath.com
२१ जेष्ठ २०८३, बिहिबार

सोमबार छ कम्पनीको सेयरमा सकरात्मक सर्किट



काठमाडौं । साताको दोस्रो कारोबारको दिन सेयर बजार झिनो अंकले घटेको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) २.९४ अंकले घटेर २०९१.३९ को बिन्दुमा बजार बन्द भएको छ ।

आज पूँजी बजारमा नेप्सेमा सूचीकृत २७६ कम्पनीको १ करोड २९ लाख ७५ हजार १६८ कित्ता किनबेच हुदाँ ४ अर्व ७४ करोड ६ लाख ८ हजार ८८० रुपैयाँको कारोबार भएको छ ।

आज छ कम्पनीको सेयरमा सकरात्मक सर्किट लागेको छ । सोमबार सेन्ट्रल फाइनान्स लिमिटेड, लक्ष्मी इक्विटी फण्ड, माउन्टेन इनर्जी नेपाल, बिपिडब्लु लघुवित्त, मेन्छियाम हाइड्रोपावर, सिटी होटलको सेयरमा सकरात्मक सर्किट लागेको होे ।

साथै, मकर जितुमाया सुरी हाइड्रोपावरको ९.१० प्रतिशत, सानिमा इक्विटीको ९.०४ प्रतिशतले सेयर मूल्य बढेको छ ।


प्रतिक्रिया दिनुहोस्