तीन कम्पनीको सेयरमा सकरात्मक सर्किट, अन्य कुनले कति कमाए ?

काठमाडौं । साताको तेस्रो कारोबारको दिन सेयर बजार दाहोरो अंकले घटेको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) २६.५६ अंकले घटेर २०६४.८३ को बिन्दुमा बजार बन्द भएको छ ।
आज पूँजी बजारमा नेप्सेमा सूचीकृत २६८ कम्पनीको १ करोड ७ लाख ९२ हजार ७४२ कित्ता किनबेच हुदाँ ४ अर्व ११ करोड ६ लाख ६ हजार ९५३ रुपैयाँको कारोबार भएको छ ।
आज तीन कम्पनीको सेयरमा सकरात्मक सर्किट लागेको छ । मंगलबार सिटी होटल,बिपिडब्लु लघुवित्त वित्तीय संस्था र इङवा हाइड्रोपावरको सेयरमा सकरात्मक सर्किट लागेको हो ।
साथै, ग्लोबल आइएमई ब्यालेन्स्ड फण्ड १ को ३.८७ प्रतिशत, ग्रीन भेन्चर्सको ३.८७ प्रतिशत, नेपाल इन्फ्रास्ट्रक्चस डेभलपमेण्ट बैंकको ३.१३ प्रतिशत, मैलुङ खोला जलविद्युत आयोजनाको २.७० प्रतिशतले सेयर मूल्य बढेको छ ।
