२१७ रुपैयाँ मै सूर्योदय वोमी लघुवित्तको एक लाख कित्ता सेयर बिक्रीमा « Arthapath.com
४ जेष्ठ २०८२, आईतबार

२१७ रुपैयाँ मै सूर्योदय वोमी लघुवित्तको एक लाख कित्ता सेयर बिक्रीमा



काठमाडौं । सूर्योदय वोमी लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक सेयर बिक्रीमा ल्याएको छ । कम्पनीले संस्थापक सेयर समूहको १ लाख ६ हजार ९ सय कित्ता सेयर बिक्रीमा ल्याएको हो ।

कम्पनीले प्रतिकित्ता २१७ अंकित मूल्यमा उक्त शेयर गर्ने भएको हुदाँ आवेदन दिदा सो वा सो भन्दा बढी मूल्य अंकित गरी आवेदन पेश गर्ने सकिनेछ ।

उक्त सेयर खरिद गर्ने चाहने इच्छुक विद्यमान संस्थापक सेयरधनी तथा अन्य जो कोही व्यक्ति वा संस्थाहरूले आवश्यक कागजात संकलन गरी असार १३ गते भित्र आवेदन दिन सकिनेछ ।

लगानीकर्ताले न्यूनतम १०० कित्तादेखि अधिकतम सम्पूर्ण कित्तासम्म माग गरी आवेदन पेश गर्न सकिनेछ । कम्पनीको सेयर विक्री प्रबन्धकमा एनआईसी एशिया क्यापिटल लिमिटेड रहेको छ ।


प्रतिक्रिया दिनुहोस्