जीवन विकास लघुवित्तमा रोजगारीको अवसर

काठमाडौं । जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेडले कर्मचारी माग गरेको छ । कम्पनीले एक सूचना प्रकाशित गर्दै विभिन्न पदका लागि कर्मचारी मागेको हो ।
कम्पनीले चार्टड एकाउन्टेन्ट्समा १ जना, प्राविधिक (कृषि/पशु) मा २ जना, सहायक प्राविधिक (कृषि/पशु) मा २ जना र तथ्यांक विश्लेषकमा १ जना कर्मचारी मागेको हो । जसका लागि विभिन्न विषय लिई स्नाकोत्तर तह उत्तिर्ण गरेको हुनुपर्नेछ ।
योग्यता पुगेका इच्छुक ब्यक्तिले आवश्यक कागजात संकलन गरी असार २१ गते भित्र कम्पनीको इमेल मार्फत आवेदन दिन सकिनेछ ।
