अभियान लघुवित्तको साधारण सभा असार २८ गते, के-के छन् एजेण्डा ? « Arthapath.com
४ जेष्ठ २०८२, आईतबार

अभियान लघुवित्तको साधारण सभा असार २८ गते, के-के छन् एजेण्डा ?



काठमाडौं । अभियान लघुवित्त वित्तीय संस्थाले तेस्रो वार्षिक साधारण सभा असार २८ गते बोलाएको छ । असार ६ गते बसेको सञ्चालक समितिको बैंठकले सभा ताम्राकार पार्टी भेन्यु पनौती, काभे्रपलाञ्चोकमा बिहान ११ ०० बजे बस्ने आव्हान गरेको हो ।

सभामा आव २०७८/०७९ को वार्षिक प्रतिवेदन उपर अलफल गरी प्रस्ताव पारित गर्नेछ । लेखापरीक्षण प्रतिवेदन सहित आर्थिक वर्ष २०७८/०७९ को वसालत, नाफा,नोक्सान हिसाब तथा नगद प्रवाह विवरण सहित सम्बन्धित विवरण माथि छलफल गरी पारित गर्ने एजेण्डा रहेको छ ।

सभामा आव २०७९/०८० को लेखापरिक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने र सर्वसाधमारण सेयरधनीकोे तर्फबाट प्रतिपनधित्व गर्ने दुईजना सञ्चालक निर्वाचन गर्नेछ ।

सभामा कुनै लघुवित्त वित्तीय संस्थासँग एक आपसमा गाभ्ने,गाभिने तथा प्राप्ती समाहित हुने प्रयोजनका लागि उपयुक्त लघुवित्त वित्तीय संस्थाको पहिचान गर्ने सहमतिपत्रमा हस्ताक्षर गर्ने जस्ता प्रस्ताव पारित गर्नेछ ।

सभा प्रयोजनका लागि कम्पनीले असार १७ गते बुक क्लोज गर्ने भएको छ । असार १६ गतेसम्म कायम सेयरधनीले मात्र सभामा भाग लिन पाउनेछन् ।


प्रतिक्रिया दिनुहोस्