तत्काल बालेनलाई स्पष्टीकरण नसोध्न उच्च अदालतको आदेश
काठमाडौं । उच्च अदालत पाटनले नेपाल नागरिक उड्डयन प्राधिकरणलाई काठमाडौं महानगरपालिका मेयर बालेन शाहसँग स्पष्टीकरण माग गर्ने पत्र तत्काल कार्यान्वयन नगर्न आदेश दिएको छ ।
बिहीबार न्यायाधीश धिरबहादुर चन्दको इजलासले बालेन शाहसँग स्पष्टीकरण माग गर्ने प्राधिकरणको पत्र तत्काल कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश दिँदै अन्तरिम आदेश छलफलका लागि आगामी मंगलबार दुबै पक्षलाई बोलाएको छ ।












