स्वावलम्बन लघुवित्तको संस्थापक सेयर बिक्रीमा
काठमाडौं । स्वावलम्बन लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक सेयरधनीको नामा रहेको सेयर बिक्री गर्ने लागेको छ ।
कम्पनीले ज्ञानेन्द्र प्रसाद पाण्डेको नामा रहेको ९ सय ३६ कित्ता संस्थापक सेयर बिकैी गर्ने लागेको हो । यो सेयर खरिदको लागि संस्थापक सेयरधनीहरुले आवेदन दिन सक्नेछन् ।
इच्छुक संस्थापक सेयरधनीहरुले आवश्यक कागजात संकलन गरी सूचना प्रकाशन भएको (आज) को मितिबाट ३५ दिनभित्र संस्थाको केन्द्रीय कार्यालय कमलपोखरी, काठमाडामा सेयर खरिद कित्ता खुलाइ आवेदन दिन सक्नेछन् ।
तोकिएको अवधिमा संस्थापक सेयरधनीबाट सेयर खरिदका लागि आवेदन प्राप्त नभएको खण्डमा प्रचलित कानून बमोजि अन्य बिक्री प्रक्रिया अघि बढाइने बैंकले जनाइएको छ ।













