२७ श्रावण २०८३, बुधबार

‘ह्वावे एमएनसी डिजिटल नेपाल कन्क्लेभ २०२३’ को इन्टरनेट पार्टनरमा डिशहोम फाइवरनेट



काठमाडौं । ह्वावे एमएनसी डिजिटल नेपाल कन्क्लेभ २०२३ आज र भोली (असार ७ र ८) गते आयोजना हुने भएको छ ।आइसिटी फाउण्डेसन नेपालको आयोजना र कार्यक्रमको डिशहोम फाइवरनेट इन्टरनेट पार्टनर रहेको छ । कन्क्लेभमा विभिन्न देशका आइसिटी बिज्ञहरु सहित ७० बढी स्रोत बिज्ञहरुको उपस्थिती रहका छन् ।

द सोल्टी काठमाडौंमा आयोजना हुने कन्क्लेभमा विभिन्न ६ थिममा १५ बढि सेसनहरु संचालन हुनेछन् । २ दिने कन्क्लेभमा दक्षिण कोरिया, सिंगापुर, भारत, बंगलादेशबाट विषय विज्ञहरुको उपस्थिती रहनेछ ।

आइसिटी फाउन्डेसन नेपालले आयोजना गरेको डिजिटल नेपाल कन्क्लेभको दोस्रो संस्करण हो । कन्क्लेभको प्रि–इभेन्टको रुपमा फाउण्डेसनले सातै प्रदेशमा डिजिटल प्रदेश संवाद कार्यक्रम सञ्चालन गरेको थियो । सातै प्रदेशको डिजिटल अवस्था र सक्षमताको जानकारी सहितको डिजीटल प्रदेश परिदृश्यको दोस्रो संस्करण कन्क्लेभमा सार्बजनिक गरिने आयोजकले जनाएको छ ।