तपाईको खातामा एक लघुवित्तको २० प्रतिशत बोनस आयो ? छैन भने यसो गर्नुहोस् « Arthapath.com
४ जेष्ठ २०८२, आईतबार

तपाईको खातामा एक लघुवित्तको २० प्रतिशत बोनस आयो ? छैन भने यसो गर्नुहोस्



काठमाडौं । विजय लघुवित्त वित्तीय संस्था लिमिटेडले लाभांश वितरण सुरु गरेको छ । कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना सेयरधनीहरुलाई वितरण गरेको बोनस वितरण सुरु गरेको हो ।

कम्पनीको २०७९ चैत २८ गते सम्पन्न १०औं वार्षिक साधारण सभाले पारित गरेको २० प्रतिशत बोनस वितरण गरेको हो । २०७९ चैत १५ गतेसम्म सेयर अभौतिकीकरण गराएका कम्पनीका सेयरधनीहरुको डिम्याट खातामा बोनस सेयर जम्मा गरेको कम्पनीले जनाएकोछ ।

सो मिति पश्चात सेयर अभौतिकीकरण गराएका सेयरधनीहरुको खातामा क्रमशः बोनस जम्मा हुने हुदाँ हालसम्म सेयर अभौतिकीकरण नगराएका सेयरधनीहरुले यथाश्रिघ सेयर अभौतिकीकरण गर्ने कम्पनीले भनेको छ ।


प्रतिक्रिया दिनुहोस्