सात कम्पनीको सेयरमा सकरात्मक सर्किट, यी कम्पनीका लगानीकर्ता भए मालामाल « Arthapath.com
८ असार २०८२, आईतबार

सात कम्पनीको सेयरमा सकरात्मक सर्किट, यी कम्पनीका लगानीकर्ता भए मालामाल



काठमाडौं । साताको पहिलो कारोबारको दिन सेयर बजारमा उछाल आएको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ६२.२१ अंकले बढेर २११७.७३ को बिन्दुमा बजार बन्द भएको छ ।

आज पूँजी बजारमा नेप्सेमा सूचीकृत २७५ कम्पनीको १ करोड ४७ लाख ५१ ह्जार २४७ कित्ता किनबेच हुदाँ ६ अर्व ४९ करोड ४ लाख १२ हजार ६६५ रुपैयाँको कारोबार भएको छ ।

आज ७ कम्पनीको सेयरमा सकरात्मक सर्किट लागेको छ । आइतबार लाइफ इन्स्योरेन्स कम्पनी, हिमालयन लाइफ इन्स्योरेन्स कम्पनी, एनएमबी ५०, सामलिङगी पावर कम्पनी, बिपिडब्लु लघुवित्त वित्तीय संस्था, सिटी होटल लिमिटेड, शिवम सिमेन्टको सेयरमा सकरात्मक सर्किट लागेको हो ।

साथै, हिमालयन उर्जा विकास कम्पनीको ९.७७ प्रतिशत, नेपाल इन्स्योरेन्सको ९.७४ प्रतिशत, प्रभु लाइफ इन्स्योरेन्सको ९.४८ प्रतिशत, शिखर इन्स्योरेन्सको ९.३८ प्रतिशत,प्रभु इन्स्योरेन्सको ९.३३ प्रतिशतले सेयर मूल्य बढेको छ ।


प्रतिक्रिया दिनुहोस्