विन नेपाल लघुवित्तको साधारण सभा आज बस्दैँ « Arthapath.com
४ जेष्ठ २०८२, आईतबार

विन नेपाल लघुवित्तको साधारण सभा आज बस्दैँ



काठमाडौं । विन नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडले ८औं वाषिक साधारण सभा आज (असार ११ गते) बस्दैँछ । सभा फिस स्टेशन एण्ड रिसोर्ट, बनेपा, काभ्रेपलाञ्चोकमा विहान ११ बजबाट सुरु हुनेछ ।

सभामा गत आर्थिक वर्ष ०७८÷७९ सम्मको वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरू पारित गर्नुका साथै चालु आर्थिक वर्षको लागि लेखापरीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव समेत पारित गर्नेछ ।

साथै, अन्य कुनै लघुवित्त वित्तीय संस्था लिमिटेडसँग मर्जर तथा प्राप्ति प्रक्रियामा जान आवश्यक देखिएमा त्यसको सम्पूर्ण जिम्मेवारी सञ्चालक समितिलाई दिने निर्णय पनि सभाको कार्य सूचीमा समावेश भएको छ ।

साधारण सभा प्रयोजनका लागि कम्पनीले असार ५ गतेदेखि असार १० गते सम्म बुक क्लोज गरी सकेको छ । असार ४ गतेसम्म कायम सेयरधनीहरू मात्र कम्पनीको सभामा भाग लिन मिल्नेछ ।


प्रतिक्रिया दिनुहोस्