उन्नति सहकार्य लघुवित्तले माग्यो कर्मचारी, कति चाहिन्छ शैक्षिक योग्यता ?

काठमाडौं । उन्नति सहकार्य लघुवित्त वित्तीय सस्था लिमिटेडले कर्मचारी माग गरेको छ । कम्पनीले एक सूचना प्रकाशित गर्दै विभिन्न पदका लागि कर्मचारी मागेको हो ।
कम्पनीले सहायक प्रबन्धक १ जना, बरिष्ठ अधिकृत/बरिष्ठ अधिकृतमा २ जना, अधिकृतमा ३ जना, कनिष्ठ अधिकृत/कनिष्ठ अधिकृत (आई.टि) मा ३ जना, सुपरभाईर ५ जना, बरिष्ठ सहायक प्रशिक्षार्थी/बरिष्ठ सहायकमा ७ जना, सहायकमा १० जना र कनिष्ठ सहायक १० जना कर्मचारी माग गरेको छ ।
योग्यता पुगेका इच्छुक ब्यक्तिले आवश्यक कागजात संकलन गरी सूचना प्रकाशित भएको मितिले १५ दिन भित्र कम्पनीको केन्द्रिय कार्यालय वा इमेल मार्फत आवेदन दिन सकिनेछ ।
