ललिता निवास प्रकरणमा भाटभटेनीका सञ्चालक मीनबहादुर गुरुङ सहित ५ जना पक्राउ
काठमाडौं । भाटभटेनी सुपरमार्केटका संचालक मीनबहादुर गुरुङ पक्राउ गरेका छन् । उनीसहित पाँच जनालाई नेपाल प्रहरी केन्द्रीय अनुुसन्धान ब्यूरो(सीईबी) ले उनलाई पक्राउ गरेको हो ।
ललिता निवास प्रकरणमा गुरुङलाई पक्राउ गरिएको सीआइबीले जनाएको छ । ललिता निवासको २ सय ९९ रोपनी ३ आना सरकारी जग्गा हिनामिना प्रकरणमा गरुङ मुछिएका थिए ।
यस्तै, मालपोत कार्यालय डिल्लीबजारका तत्कालिन प्रमुख कलाधर देउजा, कर्मचारी धर्मप्रसाद गौतम, सुरेन्द्रमान कपाली र हुपेन्द्रमणि केसीलाई सीआइबीले पक्राउ गरेको जनाएको छ ।
उनीहरुलाई सरकारी कागज किर्ते गरेर सरकारी जग्गा हडपिएको अनुसन्धानबाट खुलेको सीआईबीले जनाएको छ । उनीहरुलाई काठमाडौंका छुट्टाछुट्टै स्थानबाट पक्राउ गरिएको हो ।













