नेप्सेमा एक कम्पनीको आइपीओ सूचीकृत, भोलीदेखि कारोबारमा आउने « Arthapath.com
७ असार २०८२, शनिबार

नेप्सेमा एक कम्पनीको आइपीओ सूचीकृत, भोलीदेखि कारोबारमा आउने



काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा एक कम्पनीको आइपीओ सूचीकृत भएको छ । मंगलबार मोदी ईनर्जी लिमिटेडको आइपीओ सूचीकृत भएको हो ।

कम्पनीले सर्वसाधारण लगानीकर्ता सेयरधनीहरुमा वितरण गरि वैदेशिक रोजगारीकारहेका नेपाली, सामूहिक लगानी कोष, स्थानीय बासिन्दाहरु र कर्मचारीहरुलाई पनि ७२ लाख ५० हजार कित्ता र कम्पनीका संस्थापक सेयरधनीहरुले लगानी गरेको २ करोड १७ लाख ५० हजार कित्ता आइपिओ नेप्सेमा सूचीकृत गरेको छ । आइपीओको ओपन रेञ्च ९२ रुपैयाँ ५७ पैसा देखि २७७ रुपैयाँ ७१ पैसा रहेको छ ।

साथै, कम्पनीको सिम्बोल एमईएल रहेको छ । नेपाल स्टक एक्सभेञ्ज नेप्सेमा भोली असार २० गतेबाट दोस्रो बजारमा कारोबार आउनेछ । कम्पनीको बिक्री प्रबन्धकमा सनराइज क्यापिटल लिमिटेड रहेको छ ।


प्रतिक्रिया दिनुहोस्