नेप्सेमा रावा इनर्जीको आइपीओ सूचीकृत, ओपन रेञ्ज कति ? « Arthapath.com
७ असार २०८२, शनिबार

नेप्सेमा रावा इनर्जीको आइपीओ सूचीकृत, ओपन रेञ्ज कति ?



काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा एक आइपीओ सूचीकृत भएको छ । मंगलबार रावा इनर्जी लिमिटेडको आइपीओ सूचीकृत भएको हो ।

कम्पनीले सर्वसाधारण लगानीकर्ता सेयरधनीहरुमा सवतरण गरि वैदेशिक रोजगारीकारहेका नेपाली, सामूहिक लगानी कोष, स्थानीय बासिन्दाहरु र कर्मचारीहरुलाई पनि ८ लाख ४० हजार कित्ता र कम्पनीका संस्थापक सेयरधनीहरुले लगानी गरेको १९ लाख ६० हजार कित्ता आइपिओ नेप्सेमा सूचीकृत गरेको छ । आइपीओको ओपन रेञ्च ८३ रुपैयाँ १० पैसादेखि २४९ रुपैयाँ ३० पैसा रहेको छ ।

साथै, कम्पनीको सिम्बोल आरएडब्लुए रहेको छ । नेपाल स्टक एक्सभेञ्ज नेप्सेमा भोली असार २० गतेबाट दोस्रो बजारमा कारोबार आउनेछ । कम्पनीको बिक्री प्रबन्धकमा प्रभु क्यापिटल लिमिटेड रहेको छ ।


प्रतिक्रिया दिनुहोस्