इन्फिनिटी लघुवित्तको सेयर खरिद गर्ने हो ? आजदेखि ५८ हजार कित्ता सर्वसाधारणका लागि बिक्रीमा « Arthapath.com
३ जेष्ठ २०८२, शनिबार

इन्फिनिटी लघुवित्तको सेयर खरिद गर्ने हो ? आजदेखि ५८ हजार कित्ता सर्वसाधारणका लागि बिक्रीमा



काठमाडौं । इन्फिनिटी लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक सेयर बिक्रीमा ल्याएको छ । कम्पनी संस्थापक समूह तर्फको ५८ हजार २७६ कित्ता सेयर बिक्री गर्ने लागेको हो ।

कम्पनीका केहि संस्थापक सेयरधनीहरुले आफ्नो नाममा रहेको सेयर बिक्रीका लागि आवेदन दिए बमोजिम संचालक समितिले बिक्रीमा ल्याएको हो । विद्यमान संस्थापक सेयरधनीहरुलाई प्राथमिकता दिदैं सेयर बिक्रीमा ल्याएकोमा सबै सेयर नबिकेपछि सर्वसाधारणका लागि बिक्री खुला गरेको हो ।

उक्त सेयर खरिद गर्ने चाहने इच्छुक जो कोहि ब्यक्ति तथा संघ संस्थाले आवश्यक कागजात संकलन गरी सूचना प्रकाशित भएको मिति (असार १९ गते) ले १५ दिन भित्र कम्पनीको केन्द्रिय कार्यालय गैडाकोट २ नवलपरासीमा आवदेदन दिन सकिनेछ ।


प्रतिक्रिया दिनुहोस्