सुन खरिद गर्दै हुनुहुन्छ? यस्तो छ आजको मूल्य

काठमाडौं । साताको चौथो कारोबारको दिन सुनको मूल्य प्रतितोला दुई सय रुपैयाँले बढेको छ । अघिल्लो दिन (मंगलबार) छापावला सुनको मूल्य प्रतितोला एक लाख १० हजार चार सय रुपैयाँमा कारोबार भएको थियो भने आज प्रतितोला एक लाख दश हजार छ सय रुपैयाँमा कारोबार भएको छ ।
नेपाल सुनचाँदी व्यावसायी महासंघका अनुसार आज तेजावी सुनको मूल्य पनि प्रतितोला एक लाख १० हजार ५० रुपैयाँ कायम रहेको छ । अघिल्लो दिन प्रतितोल एक लाख नौ हजार ८५० सय रुपैयाँ कायम रहेको थियो ।
साथै, आज चाँदीको मूल्य प्रतितोला ५ रुपैयाँले बढेको छ । आज प्रतितोला १ हजार ३ सय ८० रुपैयाँ खरिद बिक्री भएको छ । अघिल्लो दिन १ हजार ३ सय ७५ रुपैयाँमा कारोबार भएको महासंघले जानकारी दिएको छ ।