एक लघुवित्तको १५ प्रतिशत बोनस तपाईको डिम्याट खातामा जम्मा « Arthapath.com
३ जेष्ठ २०८२, शनिबार

एक लघुवित्तको १५ प्रतिशत बोनस तपाईको डिम्याट खातामा जम्मा



काठमाडौं । जनउत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडले बोनस वितरण सुरु गरेको छ । कम्पनीले आफ्ना सेयरधनीहरुको हितग्राह (डिम्याट) खातामा बोनस सेयर जम्मा गरेको हो ।
कम्पनीको २०७९ चैत २६ गते सम्पन्न १२औं वार्षिक साधारण सभाले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना सेयरधनीहरुलाई १५ प्रतिशत बोनस दिने प्रस्ताव पारित गरेको थियो । सोहि बोनस नेप्सेमा सूचीकृत पश्चात सेयरधनीहरुलाई वितरण सुरु गरेको हो ।

साथै, भौतिक रुपमा सेयर धारण गरेका सृयरधनीहरले संस्थाको सेयर अभौतिकिरण भए पश्चात माध स्वत: खातामा बोनस जम्मा हुने भएको हुदाँ हालसम्म सेयर अभौतिकिकरण नगरेका सेयरधनीहरुले यथाशिघ्र उक्त कार्य गर्ने भनेको छ ।


प्रतिक्रिया दिनुहोस्