दुई कम्पनीको सेयरमा सकरात्मक सर्किट, कुनले कति कमाए ?

काठमाडौं । साताको चौथो कारोबारको दिन सेयर बजार राताम्य भएको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ३९.२६ अंकले घटेर २०४९.४४ बिन्दुमा बन्द भएको छ ।
आज पूँजी बजारमा नेप्सेमा सूचीकृत २७७ कम्पनीको ८० लाख ९२ हजार ९६९ कित्ता सेयर किनबेच हुदाँ आज ३ अर्ब ७ करोड ३९ लाख ९२ हजार १३६ रुपैयाँको कारोबार भएको छ ।
आज दुई कम्पनीको सेयरमा सकरात्मक सर्किट लागेको छ । बुधबार सिटि होटल, रावा इनर्जिको सेयरमा सकरात्मक सर्किट लागेको हो ।
साथैं, सिटिजन्स म्युचुअल फण्डको ४.१७ प्रतिशत, प्रोगे्रशिभ फाइनान्सको २.६७ प्रतिशत, नेपाल फाइनान्सको २.६६ प्रतिशतले सेयर मूल्य बढेको छ ।
