नयाँ ब्रोकरलाई सदस्यता र नेप्से–३० इन्डेक्सको आन्तरिक परीक्षण गर्ने नेप्सेको निर्णय

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले नयाँ ब्रोकर कम्पनीलाई कारोबार सदस्यता प्रदान गर्ने निर्णय गरेको छ ।
बुधबार बसेको नेप्से सञ्चालक समितिले मापदण्ड पूरा गरेका नयाँ ब्रोकर कम्पनीलाई कारोबार सदस्यता प्रदान गर्ने निर्णय गरेको हो । नेप्सेको संचालक समितिले निर्णय गरेसंगे अब नेप्सेको व्यवस्थापनले नै मापदण्ड पुगेका सबैलाई ब्रोकरलाई सदस्यता प्रदान गर्ने बाटो खुलेको छ ।
हालसम्म धितोपत्र बोर्डले १८ कम्पनीलाई ब्रोकर लाईसेन्स प्रदान गरिसकेको छ । जेठ ८ गते पहिलो चरणमा भोले गणेश सेक्युरिटिज लिमिटेड, क्यापिटल म्याक्स सेक्युरिटिज लिमिटेड, हिमालय ब्रोकरेज लिमिटेड, सन सेन्युरिटिज प्रा.लि., मियो सेक्युरिटिज प्रा.लि., शेयरप्रो सेक्युरिटिज प्रा.ली. प्रोपर्टी विजार्ड लिमिटेडले लाइसेन्स प्राप्त गरेका हुन्
बोर्डले दोस्रो चरणमा ११ कम्पनी एलिट स्टक हाउस लि., इन्फिनिटी सेक्युरिटिज लि, इन्डेक्स सेक्यूरिटिज लि., शुभकामना सेक्यूरिटिज प्रा. लि., मेघा स्टक मार्केट्स लि., हातेमालो फाइनान्सियल सर्भिसेस प्रा. लि, मनि वर्ल्ड शेयर एक्सचेन्ज प्रा. लि., माछापुच्छ्रे, सेक्युरिटिज लि., के.वि. एल. सेक्यूरिटिज लि, कलश स्टक मार्केट प्रा. लि, र नबिल सेक्युरिटिज लि रहेका छन् । यी मध्ये नबिल सेक्युरिटिज धितोपत्र ब्यापारी लाइसेन्स दिएको छ ।
सोहि बैठकले नेप्से–३० इन्डेक्सको आन्तरिक परीक्षण गर्ने निर्णय जनाएको छ ।