सामुदायिक लघुवित्तले छ जना संचालन निर्विरोध चयन
काठमाडौं । सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडले छ जना संचालक चयन गरेको छ । कम्पनीको असार २२ गते सम्पन्न नवौं वार्षिक साधारण सभाले निर्विरोध संचालन चयन गरेको हो ।
सभाले संस्थापक समूह तर्फबाट हिरालाल विश्वकर्मा, भुपेन्द्र गोपाल श्रेष्ठ, नन्द कुमार महर्जन र राजेश्वर अधिकारीलाई चयन गरेको हो ।
साथै, सर्वसाधारण तर्फबाट नबिन शर्मा र निर्मला नेपाललाई चयन गरेको छ ।













