ग्लोबल आइएमई लघुवित्तद्धारा सामाजिक तथा वित्तीय साक्षरता कार्यक्रम « Arthapath.com
३ जेष्ठ २०८२, शनिबार

ग्लोबल आइएमई लघुवित्तद्धारा सामाजिक तथा वित्तीय साक्षरता कार्यक्रम



काठमाडौं । ग्लोबल कार्यालयले विभिन्न शाखा कार्यालयहरुले सामाजिक कार्यक्रम सम्पन्न गरेको छ । महेन्द्रनगर प्रदेश कार्यालयले आफ्नो मातहतमा रहेका शाखा कार्यालयहरु मार्फत विभिन्न १४ स्थानलमा सामाजिक कार्यक्रम सम्पन्न गरेको हो ।

जसबाट प्रत्यक्ष रुपमा करिब ७ सय सदस्यहरु तथा विद्यार्थिहरु लाभान्वित भएका छन् । संस्थाले विभिन्न ९ वटा शाखा कार्यालय अन्र्तगतका विपन्न ग्राहक सदस्यहरुलाई ४६० थान किटनाशक झुल तथा १५० परिवारमा आँप, कटहर तथा लिचिका बिरुवा वितरण गरेको छ भने संस्थाले उदयपुरको चुहाडे र रामपुरमा विपन्न स्कुले विद्यार्थिलाई ७० थान स्कुल ब्याग वितरण गरेको छ ।

त्यसैगरि संस्थाले रौतहट जिल्लाको गुजरा न.पा. सिमराभवानीपुर स्थित श्री नमुना माध्यमिक विद्यालयमा कक्षा ९ मा अध्यनरत करिब ६० जना स्कुले छात्र–छात्राहरुलाई वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको महेन्द्रनगर प्रादेशिक कार्यालयका प्रमुख कृष्ण प्रसाद ढुंगानाले जानकारी दिएका छन् ।

वित्तीय संस्थाले देशैभरि नै संस्थागत सामाजिक उत्तरदायित्व अन्र्तगत यस किसिमका सामाजिक कामहरु सञ्चालन गर्दै आइरहेको छ । हाल वित्तीय संस्थाले देशका ५४ जिल्लामा १२० वटा शाखा कार्यालयहरु मार्फत करिब १ लाख ५० हजार सदस्यहरुलाई प्रत्यक्ष रुपमा वित्तीय सेवा प्रदान गरिरहेको छ ।


प्रतिक्रिया दिनुहोस्