अब लघुवित्त क्षेत्रको कर्जा विस्तार गर्नेभन्दा पनि कर्जा उठाउनमा ध्यान दिनुपर्नेछः पूर्वअर्थमन्त्री डा. खतिवडा « Arthapath.com
३ जेष्ठ २०८२, शनिबार

अब लघुवित्त क्षेत्रको कर्जा विस्तार गर्नेभन्दा पनि कर्जा उठाउनमा ध्यान दिनुपर्नेछः पूर्वअर्थमन्त्री डा. खतिवडा



काठमाडौं । पूर्वअर्थमन्त्री डा.युवराज खतिवडाले अब लघुवित्त क्षेत्रको कर्जा विस्तार गर्नेभन्दा पनि कर्जा उठाउनमा ध्यान दिनुपर्ने बताएका छन् । साना किसान विकास लघुवित्त र आरएमडीसी लघुवित्त वित्तीय संस्थाको मर्जरपछि एकीकृत कारोबार शुभारम्भ कार्यक्रममा उनले यस्तो बताएका हुन् ।

बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन संशोधन गरेर भए पनि लघुवित्तलाई विकास बैंकको रुपमा अगाडि बढाउनु पर्न उनको भनाइ रहेको थियो । ’नाम नै छोट्टाउनु पर्ने छ यो लामो भयो, कानुन संसोधन गरि संरचना सुधार गरि साना किसान बैक बनाउनु परो नाम परिवर्तन गर्नु छ’ उनले भने, ‘तपाइ ख अर्बको विकास बैंक हुनु पर्छ । पुजि पराउनु होस् , १२÷१३ विकास बैंक बढाउदा केहि हुदै, बैक बनाउने कुरामा सोच्नु होस’

साथै, लघुवित्तमा लगाईएको क्याप आगामी मौद्रिक नीतिबाट हटाउनु पर्न उनले तर्क गरे । नेपालमा लघुवित्तमार्फत कृषिमा भएको लगानी बालुवामा पानी सरह भएको बताए ।

लघुवित्तहरु हेर्ने नियामक निकाय छुट्टै हुनु पर्ने पनि उनले बताए । साथै, साना किसान कृषिमा जोड दिएर अगाडि बढ्न सके गरिब जनताको रेखा सुधार हुनुका साथै कृषि उत्पादन बढ्ने उनको तर्क थियो ।


प्रतिक्रिया दिनुहोस्