आइतबारसम्म पाइन्छ सूर्यज्योति लाइफले व्यतित बीमालेख पूनर्जागरण गर्दा ब्याज छुट
काठमाडौं । सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीले व्यतित बीमालेख पूनर्जागरण गर्दा ब्याज छुट दिने भएको छ । उक्त ब्याज छुट पाउन आइतबार (असार ३१ गते) अन्तिम दिन रहेको छ ।
कम्पनीले एक सूचना प्रकाशित गर्दै कम्पनीबाट जारी गरिएका बीमालेखहरु २०८० पुनर्जागरण गराउने बीमितहरुलाई लाग्ने ब्याजमा ३५ प्रतिशत छुट प्रदान गर्ने जनाएको हो ।














