महुली लघुवित्तले गर्यो सेयर रजिष्ट्रार नियुक्त
काठमाडौं । महुली लघुवित्त वित्तीय संस्थाले सेयर रजिष्ट्रार नियुक्त गरेको छ । कम्पनीले सेयर रजिष्ट्रारमा सनराइज क्यापिटल लिमिटेडलाई नियुक्ति गरेको हो ।
गत शुक्रबार अर्थात असार २९ गते बसेको कम्पनी संचालक समितिको बैठकको निर्णयानुसार सनराइज क्यापिटललाई सेयर रजिष्ट्रारमा नियुक्ति गरेको छ । यसअघि पनि कम्पनीको सेयर रजिष्ट्रारमा सनराइज नै रहेको थियो । कम्पनीले पुन: आगामी दुई वर्षका लागि नियुक्त गरेको जनाएको छ ।



















