सूर्योदय वोमी लघुवित्तले एफपीओ निष्काशन गर्ने, बिक्री प्रबन्धकमा कुमारी क्यापिटल « Arthapath.com
३ जेष्ठ २०८२, शनिबार

सूर्योदय वोमी लघुवित्तले एफपीओ निष्काशन गर्ने, बिक्री प्रबन्धकमा कुमारी क्यापिटल



काठमाडौं । सूर्योदय वोमी लघुवित्त वित्तीय संस्थाले एफपीओ निष्काशन गर्ने भएको छ । कम्पनीले ४६ हजार ७२९ कित्ता सेयर निष्काशन गर्ने लागेको हो ।

कम्पनीले अंकित मूल्य १०० रुपैयाँको दरले ४६ लाख ७२ हजार ९४५ रुपैयाँको सेयर निष्काशनको लागि बिक्री प्रबन्धकमा कुमारी क्यापिटललाई नियुक्त गरेको छ । उक्त सम्झौतामा संस्थाको प्रमुख कार्यकारी अधिकृत मोक्ष प्रसाद पंगेनी र क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत पुष्प शर्माले आज (बुधबार) हस्ताक्षर गरेका हुन् ।


प्रतिक्रिया दिनुहोस्