२६ श्रावण २०८३, मंगलबार

शरिर स्वस्थ्य भएर मात्रै हुँदैन, मन मस्तिष्क पनि स्वस्थ बनाउन आवश्यक: डा. सुभाष घिमिरे



काठमाडौं । स्वास्थ्य जीवनको लागि समर्पित ॐ समाज डेन्टल हस्पीटल दॉतको उपचारमा मात्र संलग्न नभएर बिभिन्न सामाजिक कार्यहरूमा सरिक हुदै आई रहेको छ ।

पछिल्लो चरण भने ॐ समाज डेन्टल हस्पीटलले सामाजिक धार्मिक अनुष्ठान कार्यमा पनि सक्रियता बढाएको हो । इन्द्र अन्नपुर्ण योगा तथा लायान्स क्लब अफ काठमाडौं, ॐ समाज डेन्टल हस्पीटल नैकाप र बैकुण्ठनाथ दिब्यधामको आयोजनामा काठमाडौं जिल्लाको चन्द्रागिरि नगरपालिका– १४ नैकाप स्थित ॐ समाज डेन्टल हस्पीटल को प्रांगणमा पुरुषोत्तम मास महोत्सवको अबसर पारेर श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञ आयोजना भई रहेको छ ।

उक्त महायज्ञमा बैकुण्ठनाथ दिव्यधामका मठाधीष श्री १००८ स्वामी भागवताचार्य महराजले कथा बाचन गर्ने ॐ समाज डेन्टल हस्पीटलका प्रमुख तथा यस महायज्ञ प्रचार प्रसार संयोजक डा. सुभाष कुमार घिमिरेले बताए ।

सो महायज्ञ साउन २ गतेदेखि सुरु भएको हो । महायज्ञको उदघाटन संघीय सांसद कृष्ण गोपाल श्रेष्ठले गरेका हुन् । धार्मिक स्थल मोत्छेनारायणदेखि धार्मिक विधि पूर्वक साउन २ गते शोभा यात्राको उद्धाटन गरि शुरू भएको महायज्ञ साउन ८ गते सम्म चल्नेछ । साथै हरेक दिन दिउँसो १ बजेदेखि ४ बजे सम्म चल्ने कथा बाचन कार्यक्रमको उद्धाटन प्रदेश सभा सदस्य केशब पोखरेलले गरेका छन् ।

डेन्टलका प्रमुख घिमिरेले स्वस्थ्य सेवा मात्र नभई मानसिक र आत्मको पनि पूर्ण शुद्धता हुनुपर्ने बताए । उनले भने,–‘हामी स्वास्थ्य क्षेत्रमा त सक्रिय नै छौ स्वास्थ्य मात्र नभएर मानसिक र आत्मको पनि पुर्ण शुद्धता होस भन्ने कामना सहित यस खाले धार्मिक सामाजिक र सांस्कृतिक कार्यमा पनि लागेका हौं ।

पुरुषोत्तम मासको समयमा यस खाले अनुष्ठान गरेरमा भक्तजनहरूलाई थप पुन्य र ज्ञान प्राप्त हुने विश्वास लिएको छ ।