गृहमन्त्री श्रेष्ठको राजिनामा माग्दै युवा संघको काठमाडौंमा मसाल जुसुस (तस्विरहरु)
काठमाडौं । नेकपा एमाले निकट युवा संघ नेपालले उपप्रधान तथा गहृमन्त्री नारायणकाजी श्रेष्ठको राजिनामा माग गरेको छ ।
मन्त्री श्रेष्ठको राजिनामा माग गर्दै युवा संघले काठमाडौंमा मसाल जुलुस प्रदर्शन गरेको हो ।
अवैध रुपमा आएको सुन विमान स्थालको भन्सारबाट पास हुनुले गृहमन्त्रीलाई पदमा बसीरहन नैतिकता नहरेको संघको भनाई छ । जुलुसमा सुन तस्कारीलाई पक्राउ गर्न माग गरिएको थियो ।
तस्विरः दिपक विष्ट/अर्थपथ डटकम

























