चार दिनमा बजार १०० अकंले घट्यो, कारोबार खुम्चिदैं २ अर्ब ४२ करोड, कहिले आउला सर्कुलर ?

काठमाडौं । चार दिन सेयर बजार राताम्य भएको छ । साताको सुरुको दिन मौद्रिक नीति सार्वजनिक हुदाँ उचालिएको बजार त्यस यताका चार कारोबारको दिन बजार ओरालो लागेको हो । बजार चार कारोबारको दिन १००.६७ अकंले घटेको हो ।
मोद्रिक नीतिमा मार्फत सेयर धितो कर्जामा गभर्नरको बोलीपछि बजार प्रभावित भएको हो । अब लगानीकर्ता मौद्रिक नीति कार्यान्वयनको सर्कुलर जारी गरेपछि मात्र बजारको यात्रा तय हुने देखिएको छ । आइतबार मौद्रिक नीति सार्वजनिक हुँदै गर्दा बजार सूचक करिब ६३ अंकले बढेको छ । मौद्रिक नीति सार्वजनिक भएपछि आयोजित पत्रकार सम्मेलनमा केन्द्रीय बैंकका गभर्नरले प्रतिव्यक्ति ५० लाख रुपैयाँको सेयर धितो कर्जामा मात्र जोखिमभार १०० प्रतिशत हुने भनेपछि बजारले नकारात्मक प्रतिक्रिया दिन थालेको हो । केन्द्रीय बैंकले मौद्रिक नीति जारी भएपछि करिब एक साताजतिमा सर्कुलर जारी गर्ने गरेको छ ।
बजार आज २९.७१ अकंले ओरालो लागेको छ । बजार राताम्य हुदाँ परिसूचक समेत खुम्चिदैं २१२६.४८ बिन्दुमा बन्द भएको छ ।
बिहिबार ६७ लाख ७१ हजार ७७७ कित्ता सेयर किनबेच हुदाँ २ अर्ब ४२ करोड ५७ लाख ८० हजार रुपैयाँको कारोबार भएको छ ।

साताको अन्तिम कारोबारको दिन १३ वटै उपसूचक राताम्य भएका हुन् । आज बैंकिङ समूहको ०.९९ प्रतिशत, विकास बैंक समूहको १.१७ प्रतिशत, फाइनान्स समूहको २.२३ प्रतिशतले सेयर मूल्य घटेको छ ।

साथै, आज शिवम सिमेन्टको १० करोड ५७ लाख रुपैयाँ र हिमालयन लाइफ इन्स्योरेन्सको ८ करोड ३६ लाख रुपैयाँको कारोबार भएको छ ।
