सदस्यको घाउको मलम बन्दै एनआइसी एशिया लघुवित्तको बन्डुसेन शाखा

काठमाडौं । एनआइसी एशिया लघुवित्तको डोटी जिल्ला बन्डुसेनमा रहेको शाखा कार्यालय सदस्यहरुको घाउमा मलम बन्दै आइरहेको छ ।
पछिल्लो समय सुदुरपश्चिम प्रदेश अन्तर्गतको शाखा कार्यालय बन्डुसेनले सदस्यको आवश्यकतालाई मध्यनजर गर्दै राहत प्रदान गर्दै आइरहेको हो । कम्पनीले शाखामा आबद्ध थप एक जना स्वास्थ्य सम्बन्धी समस्यामा भएकी सदस्य भक्ति देवी साउद राहत प्रदान गरेको छ ।
कम्पनीका शाखा प्रमुख मोहन राज ओझाले सदस्य साउदलाई राहत स्वरुप २ हजार ७४० रुपैयाँको चेक हस्तान्तरण गरेका हुन् । संस्थाले सानो सहयोग गरेपनि सदस्यलाई ठूलो राहत हुने गरेको शाखा प्रमुख ओझाले बताए । उनले भने, “लघुवित्तको सदस्यको सारथी हो, सानो सानो सहयोगले सदस्यको घाउमा थोरै भए पनि मलम लाग्छ”।
यो पनि पढ्नुहोस्